काठमाडौँ– वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु न्याय नेपालका लागि निकै महत्वपूर्ण बिषय भएको बताएका छन् ।
पोखरा विश्वविद्यालय स्कुल अफ इन्भारोमेन्ट साइन्स एण्ड म्यानेजमेन्टले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले बिकसित देशहरुका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै जनवायु न्याय नेपालका लागि निकै महत्वपूर्ण बिषय भएको बताएका हुन् ।
उहाले उच्च हरितगृह उत्सर्जन गर्ने देशहरुले जलवायु न्यायका लागि गरेका प्रतिवद्धतालाई अक्षरस पालना गरेको नदेखिएको उल्लेख गरे । उनले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापीत भएका अन्तराष्ट्रिय कोषहरुबाट नेपालले लाभ लिन सक्नुपर्ने धारणा राखे ।
मन्त्री ठकुरीले अन्तराष्ट्रिय कोषहरुबाट आएको सहयोगको सहि परिचालन गरि आयोजनाहरुलाई सफल बनाउन जरुरी रहेको जिकिर गरे । नेपाललाई जलवायु परियोजनासंग जोड्नका लागि अझै धेर्रै काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाइरहेको जानकारी दिए ।