काठमाडौँ–काठमाडौँबाट ग्यास सिलिन्डर बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक भएको छ।
शुक्रबार काठमाडौँबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका–९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो।
बाटोमै ग्यास लिक भएपछि सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले बताए।
उनका अनुसार, नुवाकोटको चिस्यान केन्द्रका लागि लान लागिएको ग्याँस लिक भएपछि कुनै क्षति नहोस् भनेर दमकलले ‘फोम’ प्रयोग गरिएको छ।