काठमाडौं–प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार साँझ ५ बजेसम्म मन्त्रिपरिषद् विस्तारका लागि छलफल अघि बढाएका छन् । २० माघमा पौडेलले मुख्यमन्त्रीको पद सम्हालेसँगै माओवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल र एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा केशव स्थापित नियुक्त गरेका थिए ।


ADVERTISEMENT


प्रदेश प्रमुख अनुराधा कोइराला बिरामी भई देशबाहिर भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको पौडेलले बताए । ‘मैले पदबहाली गरेको एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छु भनेको हुँ,’ उनले भने, ‘तर, प्रदेश प्रमुखज्यू उपचारका लागि भारत जानुभएकाले ढिला भएको हो ।’ कोइराला १४ फागुनमा हेटौँडा आएपछि मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारको तयारीलाई तीव्रता दिएका हुन् ।


ADVERTISEMENT

# # #


यी मन्त्रालयले आज मन्त्री पाउँदै
सात मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भइसकेका छन् । अब उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास र आर्थिक मामिला तथा योजना र सामाजिक मामिला मन्त्रालय छन् ।

मन्त्रीका आकांक्षी
एमालेबाट पशुपति चौलागार्इं, अरुण नेपाल, कैलाश ढुंगेल, केशव पाण्डे, दावा तामाङ, रचना खड्का, रमा आलेमगर लगायत मन्त्रीका आकांक्षी छन् । त्यस्तै, माओवादीबाट कुमारी मोक्तान, विशाल खड्का, राजकाजी महर्जन, राजन दाहाल, रत्न ढकाललगायत आकांक्षी छन् ।