काठमाडौँ – थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा टियागो इभी २०२५ मोडलको डेलिभरी सुरु भएको छ।
भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा. लिसँगको सहकार्यमा नेपालमा टियागो.इभी २०२५को बुकिङ्गको साथै डेलिभरी सुरु गरेको छ । उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्ता-मैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो.इभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले नेपालमा हाम्रा विद्धुतीय सवारीसाधनहरूको भव्य सफलताले हामीलाई नयाँ २०२५ टियागो.इभि प्रस्तुत गर्न उत्प्रेरित गरेको बताए । “टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।’ उनले भने, ‘त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो.इभीले आफ्नो बिरासत कायम राख्दै बिगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्धुतीय ह्याचब्याक बनिरहने छ।”
यस्तै सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको अनुसार टियागो.इभीको नयाँ मोडेल २०२५ टियागो.इभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ ।
कम्पनीको अनुसार नयाँ टियागो.इभी २०२५ मोडलमा ग्राहकहरुले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्नेछन् । सुरक्षाको दृस्टीकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन्। टियागो.इभीमा IP67 rated ब्याट्री प्याक समावेश गरिएको छ जस कारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ।
साथै कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ । यो गाडी स्लिक एलइडी हेडल्याम्प, डिएलआर, र आर१४ हाइपरस्टाइल व्हिलले सुसज्जित छ, जसको कारण गाडी “स्पोर्टी” र अत्याधुनिक देखिन्छ ।
टियागो.इभी २०२५ बुकिङ्गको लागि ९८०१०१३४६९ वा कम्पनिको वेबसाइटबाट गर्न सकिने कम्पनीले जनाएको छ ।


























































