काठमाडौँ– पोखरामा भएको आगोको ज्वाला दुर्घटनामा परी घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्यको किर्तपुर बर्न अस्पतालमा उपचार क्रम जारी छ ।


ADVERTISEMENT


शनिवार पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेलल र मेयर आचार्य घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । सोही क्रममा उनीहरु घाइते भएका हुन् । हाल उनीहरुको उपचार भइरहेको र दुवैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भीक उपचार गरिएको थियो । त्यसपछि दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।