बिर्तामोड – जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज बिहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


निमित्त सूचना अधिकारी विजय चौहानका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।


ADVERTISEMENT

# # #


‘शव आज बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ’, चौहानले भने, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक चौहानले अनलाइनखबरलाई बताए । घटनाको थप अनुसन्धान अघि बढाएको छ।