काठमाडौँ– सत्तारुढ दलका प्रमुख सचेतकको बैठकले संसद विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसदमा विचाराधीन सबै विधेयकहरूलाई अघि बढाउन पहल गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


एमालेका प्रमुख सचेतक महेश बर्तौलाले चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको बताए । उनले संघीय निजामती विधेयक, शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई निष्कर्षमा पु¥याउन पहल गर्ने सहमति भएको धारणा राखे ।


ADVERTISEMENT

# # #


त्यस्तै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश पारित गर्ने कुरामा ढिलाइ भएको भन्दै केहि बिषयमा परिमार्जन गर्दे असहमतीका बुँदाहरुलाइ प्रतिस्थापन विधेयकमार्फत सहमति गर्दै अघि बढ्न सकिने धारणा राखे ।

सरकारले ल्याएका अध्यादेशहरू तीन दिनपछि दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको उनले जनाए ।