बराह– राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्यमा बराहक्षेत्र बाट रेशु तामाङ चयन भएकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ठूलो र सक्रिय भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको विधानको धारा ३८ को उपधारा २ को नियम ‘ख’ र पार्टी जनसंगठन समन्वय संयन्त्रको निर्देशन बमोजिम दोहोरो जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई पार्टीको पदाधिकारी भएमा स्वतः बिदा हुने व्यवस्था छ।
यसरी बिदा भई रिक्त रहेको स्थानमा भुगोल, क्रियाशीलता, बरिष्ठता, आवश्यकता, औचित्य, क्षमता तथा सम्भाव्यताको आधारमा राष्ट्रिय युवा संघ नेपालको सचिव पदमा ३ जना, सचिवालयमा १ जना र स्थायी कमिटिमा ४ जना चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल मा ५ कार्याकाल कमिटिमा रहेर हाल स्थायी कमिटि सदस्यमा तामाङ मनोनियित भएकी हुन् ।
राहक्षेत्र नगरपालिका– प्रकाशपुरकी बासिन्दा रेशु समाज सेवी, राजनीतिज्ञ, शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित छिन् ।