काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गरेर अगाडि बढेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कानुनको रक्षक हुनुपर्ने सरकार भक्षक हुँदै गएको र सरकारले नै खुलेआम कानुनको उलंघन गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारमा दुईतिहाईको दम्भ सवार भएको भन्दै उनले समितिमा विचाराधीन भएका विधेयक फिर्ता नलिइ सोही विषयमा अध्यादेश ल्याएको धारणा राखे । उनले अध्यादेशमार्फत ३० वटा कानुनमा संशोधन गर्न खोज्नु सही नियत नरहेको बताए ।

उनले मिडियालाई नियन्त्रण गर्ने सरकारको कामको व्यापक भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले विपक्षी दलको खबरदारीकै कारण संसद बोलाउन सरकार तयार भएको भन्दै आगामी दिनमा सरकारको गलत कामविरुद्ध एक भएर लाग्ने बताए । उनले सरकारको गलत कुरामा साथ दिन नसक्ने स्पष्ट पारे ।