काठमाडौँ – नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसद भवन परिसरमा केही सञ्चारकर्मीले परिचालित ढंगले प्रधानमन्त्रीमाथि प्रश्न सोधिएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री संसदबाट बाहिरिँदा ‘तपाईँ हिटलर हो’ प्रश्न गरिएको भन्दै सञ्चारकर्मीले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गरेको बताए ।


ADVERTISEMENT

# # #


संसद् सचिवालयको अनुमतिले समाचार संकलन गर्न आएका पत्रकारहरुले गैरजिम्मेवार र परिचालित ढंगले प्रश्न सोध्न नमिल्ने उनले बताए । उनले यस विषयमा संसद सचिवालयको समेत ध्यानाकर्षण गराए ।

‘म आफैले पनि भोगेको र हिजो प्रधानमन्त्रीप्रति लक्षित गरी सोधिएको प्रश्नप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री संसदको प्रश्नोत्तरबाट बाहिरिँदा तपाईं हिटलर हो ? भनेर प्रश्न गरियो ।’ उनले भने, ‘नेपालको संसदले बनाएको प्रधानमन्त्री हिट्लर हुन्छ ? मलाई बुम तेर्स्याएर तपाईं हनुमान हो ? भनेर प्रश्न गरियो । संविधान, कानुन र पत्रकार आचारसंहिताबमोजिम मिडिलाई व्यवस्थापन गर्न माग गर्छु ।’

त्यस्तै सांसद थापाले आइतबार प्रधानमन्त्रीसंगको प्रश्नोत्तरमा सांसद प्रभु साहले अधिकारको दुरुपयोग गरी प्रश्न सोधेको आरोप लगाए ।