काठमाडौं–समसामायिक राजनीतिक बिषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दैछ ।


ADVERTISEMENT


बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबरेमा बस्ने बैठकमा सरकारमा सहभागिताका लागि संघीय समाजवादी फोरमले अघि सारेको संविधान संशोधनको माग लगायत बिषयमा छलफल हुनेछ ।


ADVERTISEMENT

# # #


आफ्ना मुद्दामा एमालेले सहमति जनाए सरकारमा सहभागि हुने फोरमले बताएपछि राजपाले त्यसबारे चासो व्यक्त गरेको छ । राजपाले मधेसका माग विपरित कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट पारेको छ ।

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले मधेश मुद्दामा आफूहरु पनि स्टेकहोल्डर भएको भन्दै त्यसमा राजपालई बाहिर राखेर हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएका छन् । आजको बैठकमा प्रदेश नम्बर २ मा मन्त्री चयनको बिषयमा समेत छलफल हुने उनले बताएका छन् ।