काठमाडौँ– सन् २०२४ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ ।


ADVERTISEMENT


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १० हजार ७ सय ३४ जना पीडित भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


यसअघि सन २०२३ मा यस्ता घटनामा घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबैभन्दा बढि र गण्डकी प्रदेशमा सर्व भन्दा कम मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । सन् २०२४ मा राज्यपक्षबाट ४ सय ५८ जना पीडित भएका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा झण्डै ५ सयले कमी रहेको इन्सेकले जनाएको छ ।

मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले संक्रमणकालीन न्यायीक प्रकृयामा देखिएको ढिलासुस्ती अन्त्य गरि विश्वासयोग्य आयोगको प्रक्रिया तत्काल आरम्भ गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रभावकारी कानूनी व्यवस्था लागू गर्नुपर्ने इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए ।

इन्सेकले सडक दुर्घटनाका कारणबाट हुने क्षतिको न्यूनिकरण गर्न आवश्यक कार्ययोजना बनाइ कार्यारम्भ गर्नुपर्ने सुझाव दिएको छ । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।