काठमाडौँ – नेकपा एकीकृत समाजवादीले अध्यादेशको प्रक्रिया र अन्तरवस्तुमा असहमति जनाएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्नेगरी अध्यादेशको ल्याएको भन्दै असहमति र विरोध जनाएको हो । बैठकले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विधार्थीमाथि भएको घटनाप्रति सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि कुटनीतिक पहल गर्न माग गरेको छ भने खोटाङको हलेसीमा केही दिनअघि भएको आगलाागीका पीडित पक्षहरूलाई आवश्यक क्षतिपुर्तिको लागि सरकारको ध्यानाकर्षण गराएको ज्वालाले बताए । बैठकमा विधान प्रकाशनका सम्बन्धमा सम्मानीत नेता झलनाथ खनालले असन्तुष्ट व्यक्त गरेका थिए । महाधिवेशनले निर्णय गरेका कुराहरु फरक ढंगले विधानमा समावेश भएकाले त्यसलाई सच्चाउने निर्णय भएको ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले बिहीबारबाट सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकको एजेण्डा पारित गरेको छ । अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना लगायतका केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू पारित गरेको प्रचार बिभाग प्रमुख ज्वालाले बताए ।