काठमाडौँ– नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ भारतको प्रयागराजस्थित महाकुम्भ मेला पुगेका छन् ।
उनी आफ्नो धर्मपत्नी दिपा पौडेल बानियाँसंग महाकुम्भ मेला पुगेका हुन् । त्यस अवसरमा उनले त्यहाँस्थित तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा डुबुल्की मार्दै नेपाल र नेपालीको समृद्धिका लागि पूजाअर्चना गरेको बताए ।
१४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्। साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ।
माघी पूर्णिमाको अवसरमा एकैदिन दुई करोडभन्दा धेरै श्रद्धालुले महास्नान गरेको उल्लेख गरिएको छ।