धादिङ – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले १९औँ एसियन गेमम रजत पदक विजेता एरिका गुरुङ धादिङमात्रै नभई नेपालकै शान भएको बताएका छन् ।
धाडिङ फुटबल क्लब द्वारा सोमबार आयोजित प्रथम सुमन स्मृति फुटबल तथा म्याराथन दौड प्रतियोगिताको उट्घाटन गर्ने क्रममा खेलकुदमन्त्री महर्जनले एरिकाको प्रशंसा गरेका हुन् ।
धाडिङ जन्मिएकी एरिका गुरुङले १९औँ एसियन गेममा रजत पदक हासिल गरि इतिहास रच्न सफल सफल भएकी थिइन् । यो रजत पदक २६ बर्ष पछिको दोस्रो रजत पदक थियो । यस्तै एरिकाले भर्खरै दुबईमा सम्पन्न वर्ल्ड कराँते फेडेरेसन लिग च्याम्पियनसिप मा रजत पदक हासिल गरेकी थिइन् ।
यस्तै मन्त्री महर्जनले आउँदो बजेटमा धाडिङ जिल्लामा भौतिक पुर्वाधारको लागि बजेटव्यवस्थापन समेत गरिने बताए । उनले भने, ‘यो जिल्लामा २ जना मुख्यमन्त्री हुनु भइसक्नुभयो । तर, सोचेको जस्तो धाडिङ जिल्ला खेलकुद भौतिक पुर्वाधार नबनेको पाउँदा आश्चर्य लाग्यो ।’
७ दिनसम्म सञ्चालन हुने प्रथम सुमन स्मृति फुटबल तथा म्याराथन दौडमा २२ टीमको सहभागीता रहेको छ। जस अन्तर्गत आजको दौड प्रतियोगितामा लमजुङका रामजी बस्नेत प्रथम भएका थिए भने बैतडीका गणेश सिं राउत द्वितीय र बैतडीकै नरेन्द्र सिं तृतीय भएका थिए। उक्त दौड प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ पुरुस्कार, द्वितीय हुने खेलाडीलाई १५ हजार नगद पुरुस्कार र तृतीय हुने खेलाडीलाई १० हजार नगद पुरस्कार प्राप्त गरिएको थियो ।
फुटबल प्रतियोगितामा प्रथम हुने टीमले रु २ लाख नगद पुरुस्कार शिल्ड ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुने टीमले १ लाख नगद पुरुस्कार, शिल्ड ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तृतीय हुने टीमले रु ५० हजार नगद पुरुस्कार शिल्ड ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष गोपिकृष्ण भण्डारीले बताए।