काठमाडौँ– – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।


ADVERTISEMENT


पूर्व पत्रकार ओझाले सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका छन् । यस्तै व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका उनी प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष पनि हुन् । उनी ३३ वर्षका छन् ।


ADVERTISEMENT

# # #