काठमाडौँ– शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा आज गर्दैछ ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आज फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबरको नगद लाभांश छन्।



























































