काठमाडौँ – केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।


ADVERTISEMENT


खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे सुरु हुने आयोजक राष्ट्रिय युवासंघ नेपालले जनाएको छ । आर्मीले संकटा क्लब र मछिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलका लागि टीम तयार रहेको र उपाधि कब्जा गर्ने गरि खेल प्रदर्शन गर्ने दुवै टोलीको प्रशिक्षक र कप्तानले जनाएका छन् ।


ADVERTISEMENT

# # #


फाइनल अघि आइतबार रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले मछिन्द्र क्लव बलियो देखिए पनि आर्मी क्लव पनि कमजोर नरहेको बताए । उनले फाइनल खेल उत्कृष्ट हुने उपाधी जित्ने दाबी गरे ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले लामो समयदेखिको तयारीले टीम फाइनल पुगेको भन्दै फाइनलका लागि उपाधी जित्ने गरि मैदान उत्रने उल्लेख गरे ।

त्यस्तै डिफेन्डीङ च्याम्पियन मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले तेश्रो पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने जनाए । उपाधिका लागि आफ्नो टिम तयार रहेको र ९० मिनेटभित्रै गोल गरेर जीत हासिल गर्ने उनले बताए ।

त्यस्तै मछिन्द्रका कप्तान विशाल श्रेष्ठले फाइनलका लागि उत्साहित भएको भन्दै उपाधि जित्ने गरी मेहनत गरेको बताए । फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आइसकेको राष्ट्रिय युवासंघ नेपालका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए । खेलकुद क्षेत्रमा समस्या नभइ सम्भावना छ भन्ने कुरालाई उजागर गर्दै लगातार केपी ओली कप फुटबल आयोजना गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।