काठमाडौँ – एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा गोविन्द घिमिरे नियुक्त भएका छन्।
शुक्रवार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो।
यसअघि घिमिरे नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत थिए । सन् २००९ देखि नै बैंकमा आबद्ध उनले नेपाल बंगलादेश बैंकबाट आफ्नो बैंकिङ करियर शुरू गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन्।
हालका सीईओ सुनिल केसीको कार्यकाल फागुन महिनामा समाप्त भएपछि घिमिरेले ९ वैशाख २०८२ मा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
यससँगै, बैठकले सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा बढुवा गरिएको छ। उपाध्यायले विभिन्न बैंकिङ क्षेत्रमा अनुभव प्राप्त गरेका छन्।