काठमाडौँ – नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन २७ देखि चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरुसंग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले जनाएको छ । त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघ अध्यक्ष सुवेदीले जनाए । उनले सरकारसंग कुनै नयाँ सहमति नगर्ने भन्दै यसअघि भएका सहमति कार्यान्वयन हुनुपर्ने स्पष्ट पारे ।

महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी समेत दिएका छन् । आन्दोलन अवधिभर सबै सरकारी कामकाज समेत बहिष्कार गर्ने महासंघले जनाएको छ ।