गौशाला (महोत्तरी) – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताएका छन् ।


ADVERTISEMENT


आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गरेका छन् । यति हुँदासमेत अहिले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक छैन् ।”


ADVERTISEMENT

# # #


राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको धारणा राखे । अहिले मधेसी जनताको पहिलो रोजाई नेकपा (एमाले) रहेको उनको भनाइ थियो ।

कार्यक्रमकाबीच नेकपा एमालेका मधेस प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेको विकास गतिविधिको सम्बन्धमा यहाँका आमसञ्चार चुकेको बताए ।