काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा। लि।ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी विरगंजमा सार्वजनिक गरेको छ।


ADVERTISEMENT


विरगंजस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारी लन्च भएका छन् । सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, मधेश प्रदेश–जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्य रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, ‘आज विरगंजमा टाटाका नंया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नेछन् र बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ।’

त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन सक्नेछन् । सिप्रदीको सुरुवात देखि नै बिक्रिपछिको सेवालाई जोड दिदै आएको हो र आज ४४ं वर्ष पछि पनि त्यसलाई निरन्तरता दिदैँ गाडीको बिक्रिपछिको सेवाहरु– सर्भिस र चार्जिङ्ग नेटवर्कलाई प्राथमिकतामा रहेको छ।

त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले विरगंजमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए। विशेषगरि भारतमा निकै रुचाइएको टाटा कर्भ इभिको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहेको र आजबाट गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको कुरा सुवोध सापकोटाले बताए।

कार्यक्रममा बोल्दै प्रमुख अथिति जनार्दन सिंह क्षेत्रीले भने, ‘सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको छु। यसमा अझै थप विकाश हुदै जाओस भन्ने कामना व्यक्त गर्न चाहन्छु ।’

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ इभिमा सिंगल चार्जमै लामो दुरीको यात्रा काठमाडौँ, भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने कुरामा जोड दिए।

आजबाट विरगंजको ग्राहकहरुले शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ इभि, नेक्सन के३ इभि र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।