काठमाडौँ– मन्त्रीको उपस्थिति नभएपछि प्रतिनिधिसभाको बैठक बुधबार सुरु हुनेबित्तिकै स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु भएपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारका तर्फबाट कोहि पनि उपस्थीत नभएको भन्दै आपत्ति जनाएका थिए । उनले सरकारले सदनलाई हेपिरहेको आरोप लगाए ।
उनले नियमावलीको अभ्यास अनुसार मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्न नमिल्ने बताएपछि सभामुख देवराज घिमिरेल १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बुधबार संसद बैठकमा सरकारले प्रतिष्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।