काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा वेतिथि बढाउने माथि महाअभियोग लगाएर ठिक पार्ने चेतावनी दिएका छन् । पछिल्लो समय न्यायालयमा वेतिथि बढेको भन्दै उनले अब फटाहा र भ्रष्टाचारीलाई उन्मुक्ति दिने जो सुकैलाई महाअभियोग लगाएर बर्खास्त गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्र बर्दघाट नगर कमिटीले बर्दघाटमा गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असहयोग गर्ने कसैलाई नछाड्ने बताए ।


ADVERTISEMENT

# # #


न्यायालय, कर्मचारीतन्त्रमा बेतिथि र भ्रष्टाचार भएको कुरा आईरहेकाले अब त्यस्ता भ्रष्ट र बेतिथि गर्ने कसैलाई पनि आफूहरुले नछाडने उनले बताए । कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफ्नो देश र राष्ट्रलाई समृद्ध बनाउने भन्दा अर्को कुनै चाहना नभएको स्पष्ट पारे । समृद्धिको बाधकका रुपमा आउने जुनसुकै तत्वलाई पन्छाएर अघि बढ्न सरकार दृढ रहेको उनले बताए ।

दुई तिहाईको सरकार बन्न लागेको भन्दै उनले गरीबलाई न्याय नदिने र जाली फटाहालाई पैसा लिएर न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठीक पार्ने समय आएको भन्दै यसको लागि तयार रहन सबैलाई आग्रह समेत गरे ।