चितवन– शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ ।


ADVERTISEMENT


विगतमा पनि यसै समयमा गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा योजना महाहन्ट चलिरहेका बेला यही चैत २५ गतेराति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैँडा सिकारीले मारेका थिए ।


ADVERTISEMENT

# # #


आउँदो वैशाख २० गते शून्य चोरी सिकारको तीन वर्ष पुग्दै थियो । २०७१ वैशाख १९ गते अहिले गैँंडा मारिएको क्षेत्रबाट एक किलोमिटरको दुरीमापर्ने ध्रुव घाटमा गैंँडा मारिएको थियो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार रात्रिकालीन गस्तीमा जोड दिइएको छ । यसअघि चारवटा गाडीले रात्रिकालीन गस्ती गर्दै आएकोमा पाँचवटा थप गरी नौवटा गाडी परिचालन गरिएको छ ।

तीनवटा सुरक्षा वेसक्याम्प थप गरिएको छ । अर्यालका अनुसार ५७ वटा स्थायी पोस्टबाट सुरक्षा वेसक्याम्प परिचालन हुनेगर्दछ । निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाकाअनुसार अरु थप तीन वेसक्याम्पका लागि अन्य गणबाट थप सेनाको जनशक्ति झिकाइएको छ । रात्रिकालीन रुपमा मात्रै रहने ३५ वटा वेसक्याम्पलाई बढाएर ४१ पुर्याइएको बताउँदै उनले गैंँडाको आवतजावत र बस्ने स्थानमा रात्रिकालीन वेसक्याम्पलाई अरु बढी सशक्त रुपमा परिचालन गरिएको छ ।  निकुञ्जका सबै सेक्टरहरुमा मध्यवर्तीका उपभोक्ता, समुदायमा आधारित चोरी सिकार युवाजागरण लगायतसँग निरन्तर छलफल कार्यक्रम सुरु गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रलाई यो समयमा सम्वेदनशिल क्षेत्रको रुपमा लिईने गरिन्छ । यतिवेला गैंडा चर्नका लागि जाने ठाउँहरु उजाड हुने हुदाँ टाढैबाट गैंडा देखिन्छ । विगतको तथ्याङ्कलाई हेर्नेहो भने चैत्र १ गतेबाट जेठ मसान्त सम्ममा तस्करले ६० प्रतिशत गैंडा मारेको देखिन्छ । तस्करले गैंडा मारेपछि सिआईविको टोलीले अहिले पनि अनुसन्धान जारी राखेको छ ।

सुचना दिनेलाई ५ लाख पुरस्कार

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत जगतपुरको हरीयाली मध्यवर्ति सामुदायिक वनमा चैत्र २५ गते राति गैंडामार्ने तस्करका बारेमा सुचना दिनेलाई ५ लाख रुपैंया पुरस्कार दिईने भएको छ । निकुञ्जका सुचना अधिकारी अर्यालका अनुसार प्रयोग गरेको हतियार, खाग र संलग्न व्यक्तिका बारेमा सुराक दिनेलाई ५ लाख रुपैंया पुरस्कार दिने घोषणा गरिएको हो ।