काठमाडौँ – काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ट्रक चालकलाई सार्वजनिक गरेको हो । ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायतका विभिन्न देशका मुद्राहरुको अवैध ओसार पसार भइरहेको भन्ने सुचनाको आधारमा टोखा नगरपालिका वडा नं २ झोरबाट ना.७ ख १६५२ नम्बरको मालबाहक ट्रक सहित चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १. घर भएका ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ड्राइभर बस्ने क्याविनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरिकी डलर,युरो लगायतका मुद्राहरु गरी करिब २५ करोड बराबरको विदेशी मुद्रा लामाको साथबाट फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेको रहेको पाइएको उनले बताए । अवैद्य तरीकाबाट भन्सार तथा राजस्व छली विदेशी मुद्रा कारोबार गरेको कसुरमा लामालाई विदेशी विनिमय ऐन २०११ बमोजिम कसुरमा थप अनुसन्धानका तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।