काठमाडौँ– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओको बाँडफाँड मंगलवार सम्पन्न भएको छ ।


ADVERTISEMENT


एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर १०० रुपैयाँ अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि फागुन २२ गते देखि २६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त अवधिभिर सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत कुल १,९६५,८११ जना आवेदकहरुबाट २२,७३९,६५० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको र सो मध्य १०,१२६ जना आवेदकबाट १,५४,८८० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरु रद्द गरि जम्मा १,९५५,६८५ जना आवेदकलाई गोलाप्रथा मार्फत चैत्र ५ गते बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

क्रेष्टको कूल २२,५०,००० कित्ता साधारण शेयरको १०५ अर्थात २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई, ३ प्रतिशत अर्थात् ६७,५०० कित्ता बाँडफाँड गरिएको थियो ।

यस्तै, साधारण शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् १,१२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८,४५,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।