काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।


ADVERTISEMENT


डा. सिके राउत नेतृत्वको जनमत पार्टीसंग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका बिषयमा सदस्यहरुलाई औपचारिक रुपमा जानकारी गराउदै सुझाव लिइने पार्टी बरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले जनमत पार्टीसंग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताए । उनले केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसंग पार्टी एकता हुने र यसमा कुनै आशंका नरहेको धारणा राखे ।

बैठकमा सवै केन्द्रीय सदस्यहरु, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरु, प्रथम महाधिवेशनबाट निर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरु, संस्थापक केन्द्रीय सदस्यहरु समेत उपस्थित छन् ।