काठमाडौं – यामाहाले नाडा अटो शो २०२६ मा आफ्ना नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । यामाहाले एरोक्स १५५ एस, फेसिनो एस हाइब्रिड, फेसिनो डिस्क हाइब्रिड, आर१५ एस र आर१५ एम प्रदर्शनीमा ल्याएको हो ।


ADVERTISEMENT


नयाँ भेरियन्टमार्फत यामाहाले नेपाली राइडरका फरक आवश्यकता, शैली र राइडिङ प्राथमिकतालाई सम्बोधन गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


एरोक्स १५५ एस स्पोर्टी डिजाइन, १५५ सीसी इन्जिन र किलेस प्रविधिसहित आएको छ । किलेस फिचरका कारण चाबी प्रयोग नगरी इन्जिन स्टार्ट गर्न सकिने कम्पनीले जनाएको छ । प्रदर्शनसँगै दैनिक प्रयोगको सुविधा खोज्ने राइडरलाई लक्षित गरी यो स्कुटर ल्याइएको हो ।

त्यस्तै, फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड स्टाइल तथा दैनिक प्रयोगको सहजतालाई केन्द्रमा राखेर ल्याइएका नयाँ भेरियन्ट हुन् । आकर्षक डिजाइन र हाइब्रिड प्रविधिसहितका यी स्कुटरले फेसिनो सिरिजलाई थप विस्तार गर्नेछन् ।

यामाहाको लोकप्रिय आर सिरिजअन्तर्गत आर१५ एस र आर१५ एम पनि नयाँ आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । ‘न्यू आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी भेरियन्ट स्पोर्टी डिजाइन, बलियो रोड प्रेजेन्स र रोमाञ्चक राइडिङ अनुभव चाहने राइडरलाई लक्षित छन् ।

एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नाडा अटो शो नेपाली राइडर समुदायसँग जोडिने महत्वपूर्ण माध्यम भएको बताए । नयाँ भेरियन्टले प्रदर्शन, प्रविधि, स्टाइल र व्यक्तिगत रुचिअनुसार राइडरलाई थप विकल्प दिने उनको भनाइ छ ।

एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार यामाहाले उत्पादन विस्तार गरिरहेको बताए ।

यामाहाका नयाँ भेरियन्ट नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ । कम्पनीले आफ्ना नयाँ उत्पादन ब्लु चेम्बर TW8 र TW10 मा प्रदर्शन गरिरहेको जनाएको छ ।