काठमाडौँ – बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग भेटवार्ता गरेका छन् । मन्त्री महर्जनले बुधबार मन्त्री चौधरीसँग भेट गरी बागमती प्रदेशमा खेलकुदको विकासका विषयमा छलफल गरेका हुन् ।
भेटमा मन्त्री महर्जनले ललितपुरको गोदावरी नगरपालिकास्थित टाहाखेल रंगशाला निर्माणाधीनको लागि र ललितपुर क्षेत्र नम्बर १ मा खेल मैदान निर्माणको संघीय बजेट विनियोजन गरिदिने समेत आग्रह गरेका छन् ।
साथै उनले गोदावरी रंगशालाको अवलोकनमा समेत जाने बताएका छन् । मन्त्री महर्जन बागमती प्रदेशमा खेलकुद क्षेत्रको विकासमा निकै क्रियाशील रहँदै आएका छन् ।































































