काठमाडौँ– प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भनिएपनि, सवा १२ बजेसम्म सुरु हुन सकेको छैन।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा जवाफ आवश्यक रहेको अडान कायम राखेका छन्। प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको कामकाज चल्न नदिने उनीहरुको भनाई छ ।
तर, सभामुखको सचिवालयले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिने कुनै सूचना प्राप्त नभएको जनाएको छ। सभामुख अग्नि सापकोटा घिमिरेको सचिवालयले भने, “अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन।”
सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज छलफल गरेका छन् ।