काठमाडौं। आज तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरू बीच धकेलाधकेल भएको छ। राजावादी समर्थकहरूले तीनकुनेमा भेला भएर नयाँ बानेश्वरतर्फ प्रवेश गर्न प्रयास गर्दा प्रहरीको प्रतिरोधसँग सामना गर्नुपरेको हो।
प्रहरीले तीनकुने पुलमा राजावादी समर्थकहरूलाई बानेश्वरमा प्रवेश गर्न रोक लगाएका थिए। कोटेश्वरबाट आएको र्याली जब तीनकुने पुल पार गर्न लाग्दा प्रहरीले अवरोध गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो ।
तीनकुने क्षेत्रको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी उपस्थित गरिएको थियो। प्रहरीले दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको आन्दोलनलाई तीनकुने क्षेत्रमा मात्र सीमित राख्न प्रयास गरेको बताइएको छ।