काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको तीनकुनेसहितका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । राजावादीहरुको आन्दोलनले हिंसात्मक रुप लिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् ।


ADVERTISEMENT


उनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न पाइने छैन । कर्फ्यु आदेश अपराह्न ४ बजेर २५ मिनेटदेखि आज राति १० बजेसम्म लागू हुनेछ ।

नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन आयोजना गरेका थिए । राजावादीहरुले तीनकुनेमा प्रर्दशनका क्रममा तनावको अवस्था सिर्जना भएपछि व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड समेत गरेका छन् ।

कर्फ्यू_page_0001-1743158738.jpg