काठमाडौँ – सरकारले आन्दोलनरत शिक्षकहरुका मागलाई सम्बोधन गर्नेगरी विद्यालय शिक्षा विधेयकलाई अघि बढाउने भएको छ ।


ADVERTISEMENT


आन्दोलनमा रहेका शिक्षकहरूको मागका विषयमा बिहीबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराई लगाएत बिभिन्न दलका नेतासंगको छलफलपछि गृहमन्त्री लेखकले शिक्षकहरुका मागलाई सम्बोधन हुने गरी उक्त विधेयकलाई अघि बढाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


विधेयक संसदमा विचाराधीन रहेपनि यसलाई समयमा नै अघि बढाउन सरकारले आवश्यक भूमिका निर्वाह गर्ने उनले बताए । मन्त्री लेखकले शिक्षकहरुले उठाएका बिषय निकै गम्भीर रहेकाले यस विषयमा पुनः छलफल गरी ठोस निर्णय गर्ने उल्लेख गरिन् ।

यस्तै सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा समेत बताउने तयारी गरेको छ । तर शिक्षकहरुले भने विद्यालय शिक्षा विधेयक अघि बढाउने एकमात्र माग रहेकाले वार्तामा बस्न आवश्यक नरहेको बताउँदै आएका छन् ।