काठमाडौँ–काठमाडौँ महानगरपालिकाका कर्मचारीले सोमबार तलब पाउने भएको छ ।
शुक्रबार कार्यालय समय सुरु हुनासाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् । यसर्थमा महानगरका कर्मचारीले सोमबार तलब पाउने भएका हुन् ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए ।
उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।