काठमाडौँ– नयाँ वर्षको अवसरमा ‘गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यो अभियान अन्तर्गत गोदरेजले ३० हजार रुपैयाँ सम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


अभियानका मुख्य आकर्षणहरुमा चेस्ट फ्रिजर र सिन्गल डोर रेफ्रिजिरेटरमा आकर्षक क्यासब्याक रहेको छ। साथै, डबल डोर रेफ्रिजिरेटरमा निःशुल्क फ्राइ प्यान वा कासेरोल प्राप्त गर्न सकिनेछ। साइड बाइ साइड रेफ्रिजिरेटरमा निःशुल्क मिक्सर ग्राइन्डर प्राप्त हुनेछ ।

यस्तै, माइक्रोवेभ ओभरको खरिदमा निःशुल्क कुकिङ किट, एयर कन्डिस्नरको खरिदमा निःशुल्क इनस्टलेसन र डेलिभरी हुनेछ। वासिङ मेसिनको मोटरमा अभियान अन्तर्गत १० वर्षको वारेन्टी प्राप्त हुनेछ ।

शून्य प्रतिशत इएमआइ र पुरानो सामानसँग साट्ने सीजीएक्स फ्लेक्स सुविधा पनि यो अभियान अन्तर्गत उपयोग गर्न पाइनेछ ।

यो अफर नेपालभरि रहेको सीजी इलेक्ट्रोनिक्सको गोदरेज आउटलेटहरूमा सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।