काठमाडौँ – नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफू निर्वाचित प्रदेश सभा निर्वाचन क्षेत्रमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएका छन् । बानियाँले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र न. २ को प्रदेशसभा (ख) मा जनप्रतिनिधि र काँग्रेसका प्रतिनिधिबीच अन्तरसम्वाद कार्यक्रम आह्वान गरेका हुन् ।
उक्त कार्यक्रा चैत्र ३० गते मकवानपुरको मनहरी पिस पार्क (आमा घर)मा हुनेछ । बानियाँले जिल्लामा रहेका सम्पूर्ण काँग्रेस पदाधिकारी, संघीय सदस्य, पालिका सभापतिहरु, काँग्रेसबाट निर्वाचित वडाध्यक्ष र प्रत्यासीहरुलाई कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेका छन् ।
कार्यक्रममा उक्त क्षेत्रका विकासका क्रियाकलाप, जनताको माग र आवश्यकता र नेता कार्यकर्ताका एजेण्डा लगायतका विषयमा अन्तरक्रिया हुनेछ ।