काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायतका उच्च चिनियाँ नेताहरुको विदेश भ्रमणका चार प्राथमिकता तोकिएको छ । चिनियाँ विदेश सहायक मन्त्री हु जेङगुइका अनुसार, चीनको पहिलो प्राथमिकतामा छिमेकी राष्ट्रहरुलाई राखिएको छ ।


ADVERTISEMENT


चिनियाँ समाचार संस्था सिन्ह्वाले सहायक मन्त्रीलाई उद्धृत गर्दै चिनियाँ नेताहरुको भ्रमणको प्राथमिकतामा चीनका छिमेकी राष्ट्रहरु,  ईण्डो–चाइना पेनिन्सुलामा रहेको देशहरु, दक्षिणपूर्वी एसियाली राष्ट्रहरु र अमेरिका–युरोप रहेको उल्लेख गरेको छ ।  सहायक मन्त्रीको यो भनाईले राष्ट्रपति सी जिनपिङले सन २०१८ मा नेपाल  भ्रमण गर्ने संकेत गरेको छ ।


ADVERTISEMENT

# # #


चिनियाँ प्रधानमन्त्री ली खसियाङले सन २०१८ को आफ्नो पहिलो बाह्य भ्रमणका रुपमा कम्बोडियाको भ्रमण सकेको बिषयलाई समाचार बनाउँदै सिन्ह्वाले कम्बोडियालाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरेको हो ।

‘चिनियाँ नेताहरुका भ्रमणले दिर्घकालिन सम्बन्धमा नयाँ गति संचार गर्नेछ । चिनियाँ प्रधानमन्त्रीको यो भ्रमणले चीनको प्राथमिकता निर्धारण गर्नेछ’ बिश्लेषक हु जेङगुइले भने । लाङकाङ–मेकोङ नदीका तटीय देशहरु म्यानमार, लाओस, थाइल्याण्ड, कम्बोडिया र भियतनाम चीनको प्राथमिकतामा रहेको उनले बताएका छन् । त्यस्तै, आसियन राष्ट्रहरुका बीचमा रहेको बिभेद अन्त्यका लागि पनि चीनले पहल गर्ने भन्दै त्यसको प्रयास गरिने बताएका छन् ।

चीनको सबैभन्दा उच्च प्राथमिकतामा छिमेकी राष्ट्रहरु रहेको र छिमेकी सम्बन्धमा मित्रता, इमान्दारिता, पारस्परिक लाभ र समावेशीता आधारहरुका रुपमा रहेको बताए । उनका अनुसार, चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायतका उच्च नेताहरुले यही प्राथमिकतालाई ध्यानमा राखेर सन २०१८ का आफ्ना बाह्य भ्रमण तय गर्ने बताएका छन् ।