काठमाडौँ– तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले जहाजबाट काठमाडौँ ल्याउँदै छ ।


ADVERTISEMENT


उनलाई काठमाडौँ उडाउन झापाको भद्रपुरबाट चन्द्रगढीबाट जहाज चढाइएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले प्रसाईंलाई दुवै हातमा हत्कडी लगाएर विमानस्थल पुर्याएका थिए। यद्यपि, जहाजमा चढ्नुअघि हत्कडी हटाइएको थियो।

कालो चश्मा र पहेँलो ह्याटमा सजिएका प्रसाईंले जहाजमा चढेर यात्रुहरूसँग हात हल्लाएको एउटा भिडिओ सार्वजनिक भएको छ।