काठमाडौँ – नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी किरण के.सी.लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । चैत्र २५ गते बढुवा भएका केसीलाई शुक्रबार जंगीअड्डामा आयोजित एक समारोहकाबीच प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी के.सी. निरीक्षणाधिकृतमा नियुक्त भएका छन् । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मोहनचन्द्र गुरुङ्ग र महासेनानी सरोज कुमार अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।