काठमाडौं–संविधान संशोधन र सरकार विस्तारबारे सत्तारुढ दल र संघीय समाजबादी फोरमबीच आज सहमति जुट्ने हुने सम्भावना छ । सहमतिको मस्यौदा तयार पार्न दुवैतर्फबाट गठित कार्यदलको बैठक आज बस्दैछ । त्यहाँ सहमतिको मस्यौदा तयार भएपछि हस्ताक्षर हुने बताइएको छ ।


ADVERTISEMENT


त्यसका लागि सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलय १२ बजेपछि कार्यदलको बैठक बस्न लागेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए । नेता श्रेष्ठका अनुसार नीतिगत र राजनीतिक विषयमा सहमति जुटिसकेको छ र व्यवहारिक रुपमा फोरमले तीनवटा मन्त्रालय मागेकाले त्यसको व्यवस्थापन गर्ने काम भइरहेका छ । फोरमले तीनवटा मन्त्रालयको अडान नछाडेपछि उसको माग पुरा गर्न सरकारी पक्ष लगभग तयार भएको छ ।


ADVERTISEMENT

# # #


श्रोतका अनुसार फोरमले स्वस्थ्य, परराष्ट्र र अवास तथा भौतिक योजना मन्त्रालय मागेको छ । संसदमा २ तिहाई पुर्याउने उद्देश्यले बाम गठबनधन संघीय समाजबादी फोरमलाई सरकारमा ल्याउने प्रयत्नमा जुटेको हो । त्यसका लागि यसअधि गाभिएको स्वस्थ्य मन्त्रालय पुन फुटाउने सम्भावना छ । त्यसोगर्दा १९ मन्त्रालय हुने छन् ।

यसअघि केन्द्रमा १८ वटा मन्त्रालय बनाउने बाम सरकाको निर्णय आएको छ । पार्टीले उठाउँदै आएको संविधान संसोधनको मुद्दामा बाम गठबन्धन आवश्यकता र औचित्यताका आधारमा अघि बढ्न तयार भएपछि सत्तामा फोरमको अवतरण हुन लागेको हो ।

दोस्रो संविधानसभाबाट विपरित धु्रवमा बाँडिएका एमाले र फोरमवीच आज औपचारिक सहमति भयो भने सत्ताका सारथी हुने छन् । सहमति कायम गर्न एमालेका सुवास नेम्वाङ, राजेन्द्र पाण्डे, शंकर पोखरेल तथा फोरमबाट अध्यक्ष उपेन्द्र यादव तथा राजेन्द्र श्रेष्ठको कार्यदल छ ।

आज सहमतिको अन्तिम मस्यौदा तयार भएपछि आजै प्रधानमन्त्री केपी ओली र अध्यक्ष उपेन्द्र यादवबीच हस्ताक्षर गर्ने र सम्भव भएसम्मआजै नभए भोलि क्याविनेट विस्तार गर्ने प्रधानमकन्त्री ओलीको तयारी छ ।

आजै संघीय सांसदहरुको सपथ समेत भएकाले क्याविनेट विस्तार गर्न समय नपुगे सोमबारलाई राखिने तयारी भएको बालुवाटार श्रोतले जनाएको छ ।