काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।


ADVERTISEMENT


देउवाले वैशाख १७ गते बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।


ADVERTISEMENT

# # #


उनका अनुसार बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने तय भएको छ। उनले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थिति आवश्यक भएकाले त्यसअनुसार अनुरोध गरिएको जानकारी दिए।

बैठकमा हालका समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिहरूबारे विस्तृत छलफल हुने बताइएको छ। सत्तामा एमालेसँगको सहकार्य सुरु भएको नौ महिनामै नेपाली कांग्रेसभित्र असन्तुष्टि गहिरिँदै गएको पृष्ठभूमिमा, त्यस विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।