काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरुको समस्या अझै सुल्झिएको छैन । आफ्ना माग पुरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघको चेतावनी छ ।
यता शिक्षकहरुको आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच हुन सकेको छैन । यसले एसईईको नतिजा ढिलो हुने सम्भावना उच्च भएको छ ।
यसबाहेक शिक्षकहरुले कक्षा १२ को परिक्षा कार्यक्रममा सहभागी नहुने भनेपछि यसले कक्षा १२ को परीक्षा समेत प्रभावित हुने देखिएको छ ।
सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ ।