हेटौंडा – सामाजिक सञ्जालमा यतिबेला हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले एक सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोक आदेशले चर्चा पाएको छ ।


ADVERTISEMENT


यस विषयमा पक्ष र विपक्ष दुवै तर्फ बडो गज्जबको अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् । यद्यपि यस विषयमा पक्षभन्दा विपक्षको जमात बढी देखिएको छ । हेटौंडाका अधिवक्ता, प्राध्यापक, युवा व्यवसायीलगायतले मेयरको तोकओदशको खुलेरै विरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


घटना हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुन उद्घाटनबाट शुरु भएको हो । उद्घाटनमा पुगेकी हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाले ‘यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु’ भन्ने वाचा गरेकी बाचा थिइन् । सोही अनुरुप सैलुन सञ्चालक सुसन घलानले उपमहानगरमा निवेदन दिए । गर्मीको महिना सुरु भएको र आफ्नो सैलुनमा ग्राहकको भिड बढेको भन्दै उपमहानगर समक्ष एक थान एसीको माग गरे । साथै उनले निवेदनमा हेटौंडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउने भएकाले इन्भर्टर (ब्याकअप पावर) को आवश्यकता रहेको समेत उल्लेख गरेका थिए ।

मेयरले पनि निवेदकको माग बमोजिम माग भएको सामानको लागत अनुमान तयार गरी दिनु भन्ने मागपत्रमा आर्थिक शाखालाई सम्बोधन गर्दै तोक लगाई दिइन् । मेयर लामाको तोकपछि ३ गतेको मितिमा १८३२६ नम्बरबाट उक्त पत्र दर्ता भएको छ ।

यद्यपि यस विषयमा उपमहानगरको राय भने फरक छ । यसमा स्थानीय सरकारले गरिखाने युवालाई सहयोग गर्न खोजेको उनीहरु बताउँछन् । तर, एसी विलासिताको सामानमा परेको कारण विवादमा परेको भन्दै अहिले लागत स्टिमेट मात्र माग भएको र दिने या नदिने निर्णय भइनसकेको भन्दै उपमहानगरले आफ्नो बचाउ समेत गरेको छ ।