काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन नयाँ बानेश्वर क्षेत्रमा केन्द्रित भएको छ ।


ADVERTISEMENT


राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको छ। यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको थियो।


ADVERTISEMENT

# # #


तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्‍याली निस्कँदैन।

राप्रपाको निषेधित क्षेत्र तोड्ने आन्दोलन लक्षित गर्दै बानेश्वरमा यतिखेर प्रहरी तैथाथ छ । बानेश्वरको आकाशे पुलनजिकै सडकमा प्रहरी ब्यारिगेटसहित खटिएका छन् ।

प्रदर्शनका कारण माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।

सवारी साधनको संख्या बढ्नुका साथै डाईभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माईतिघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका छन् ।