काठमाडौँ– भारतको जम्मु-कश्मीर राज्य अन्तर्गत अनन्तनाग जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बैसारन, पहलगाम क्षेत्रमा भएको सशस्त्र आतंकवादी आक्रमणमा कम्तीमा २८ जना पर्यटकको ज्यान गएको पुष्टि भएको छ। मृतकमध्ये २ जना नेपाली नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आक्रमण २०२५ अप्रिल २२ को साँझ करिब ५ बजे भएको हो। चारजना सशस्त्र आक्रमणकारीहरूले पर्यटक गाडीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने बाँकीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो।
सुरक्षा स्रोतका अनुसार आक्रमण विशेष गरी हिन्दू तीर्थयात्री र पर्यटकहरूलाई लक्षित गरी गरिएको थियो। घटनामा २० भन्दा बढी घाइते भएका छन्, जसमा ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।