काठमाडौँ – कासमू कीर्ते अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको सांसद् नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् ।


ADVERTISEMENT


एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन सिलवाल बिहान ११ बजे संसद् भवन पुगे पनि उनी पक्राउ भने परेनन् ।


ADVERTISEMENT

# # #


सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायतले प्रशिक्षण दिएका थिए ।

सिलवाल कोट, सर्ट, पाइन्ट र ढाका टोपी लगाएर औपचारिक पोसाकमा संसद भवन पुगेका थिए ।