काठमाडौं – प्रतिनिधिसभाका सदस्यहरुलाई राजपा नेता महन्थ ठाकुरले सपथ खुवाउने भएका छन् । नागरिकतामा भएको त्रुटीका कारण राजपाका सांसद मेहन्द्र राय यादव जेष्ठ सदस्य बनेका थिए । उनले नै सांसदहरुलाई सपथ गराउने तय भएको थियो ।


ADVERTISEMENT


तर, अन्तिम समयमा आएर उनले आफू सपथमा अनुपस्थित हुने सूचना दिएका छन् । नागरिकताका आधारमा त म नै जेष्ठ सदस्य हुँ तर, सार्वभौम संसदको सम्मान गर्नुपर्छ । त्यसैले मैले सपथ नगराउने निर्णय लिएको छु’ उनले भने ।


ADVERTISEMENT

# # #


अब ७५ वर्षीय ठाकुरले शपथ गराउने संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । ठाकुरलाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । त्यसपछि ठाकुरले सांसदहरुलाई सपथ गराउनेछन् ।

प्रतिनिधिसभा सदस्यहरुको सपथ ग्रहण समारोह दिउँसो ३ बजे संसद भवनमा राखिएको छ ।

महेन्द्र राय यादवले भने भोलि सपथ लिनेछन् ।