काठमाडौं – आईसीसी विश्वकप छनोट क्रिकेटमा आयोजक जिम्बावेको चौथो विकेट पतन भएको छ । नेपालका लागि ललितनारायण राजवंशीले विकेट लिएका हुन् । आजै राष्ट्रिय टिममा डेब्यु गरेका उनले आफ्नो पहिलो अन्तराष्ट्रिय विकेट लिएका हुन् ।


ADVERTISEMENT


बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको जिम्बाबेले चौथो विकेटको रुपमा क्र्याग इर्भिनलाई ३४ रनमा गुमाएको हो । ललितनारायणले आफ्नो डेब्यु खेलमा नै विकेट लिन सफल भएका हुन् । नेपालका लागि बसन्त रेग्मीले २ र सन्दीप लामिछानेले १ विकेट लिई सकेका छन् ।


ADVERTISEMENT

# # #