काठमाडौँ— नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ स्वास्थ्य समस्या बढेपछि फेरि ग्रान्डी अस्पताल भर्ना भएकी छन्।
बुधबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी पहिल्यै अस्पताल भर्ना भएकी थिइन्। तर जनमत पार्टीसँगको पूर्वनिर्धारित एकता घोषणाका लागि दिउँसो करिब १२ बजे अस्पतालबाट छुट्टी लिएर कार्यक्रममा सहभागी भएकी थिइन्।
उनका पति तथा नाउपाका संरक्षक रेशम चौधरी पक्राउमा परेपछि पार्टी एकताको कार्यक्रममा असहजता आएको थियो। चौधरी रिहा भएपछि श्रेष्ठ पार्टी गतिविधिमा सक्रिय भइन्, जसका कारण स्वास्थ्यमा थप जटिलता देखिएको नाउपा कैलालीका सचिव भक्त चलाउनेले बताए।
गएराति स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि श्रेष्ठलाई आज बिहान पेट दुखाइका कारण पुनः ग्रान्डी अस्पतालमा भर्ना गरिएको हो।